logo

२०८३ साउन १४ बिहिबार

युवाहरूले पढ्नको लागि गाउँ छोडनु पर्ने र आवस्यकता पूरा गर्न देश छोड्नु पर्ने बाध्यता छ,जो ज्यादै दुखदायी अवस्था हो: प्रा.डा.रामप्रसाद दाहाल

युवाहरूले पढ्नको लागि गाउँ छोडनु पर्ने र आवस्यकता पूरा गर्न देश छोड्नु पर्ने बाध्यता छ,जो ज्यादै दुखदायी अवस्था हो: प्रा.डा.रामप्रसाद दाहाल


हाम्रो राष्ट्र
  • बिहिबार, ८ फाल्गुन २०८१
  • 4.9K
    SHARES

    काठमाडाै‌ँ:  मोडर्न  कन्या मल्टिपल कलेज बानेश्वरका सं स्थापक अध्यक्ष वरिष्ठ साहित्यकार,शिक्षाविद प्रा.डा.रामप्रसाद दाहाल शिक्षा साहित्य र संस्कृतिक फाटको परिचित नाम हो ।डेढ दर्जन पुस्तकका लेखक तथा दर्जनौ गीतका सृजनाकार रामप्रसाद दाहाल बिगत ४५ बर्ष देखि निरन्तररूपमा महिला शिक्षाको बिकास र बिस्तारमा क्रियाशील हुनुहुन्छ । काठमाडौ इन्जिनियरिङ कलेज कालिमाटी लगायत विभिन्न सस्थामा आबद्ध उहाँ हाल मोडर्न कन्या कलेज बानेश्वरको अध्यक्ष हुनुहुन्छ। उहाँले करिव २ लाख भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठन गराइसक्नु भएको छ।उहाँले पढिरहनु भएको पुस्तकको खात भित्र उहाँकै कार्यकक्षमा पत्रकार रोजी पराजुलीले लिएको अन्तरवार्ताको सारसंक्षेप :

    * आज प्रजातन्त्रदिवस , यहाँ सचेत बुद्धिजीवीको नाताले आजको दिनलाई कसरी सम्झनु हुन्छ ?

    – आजकाे दिनअत्यन्त उज्यालो दिन हो , एक तन्त्रीय जाहानीया शासन अन्त्य गरेर जनताको स्वतन्त्र हक अधिकार प्राप्त गरेको दिनको रूपमा लिन्छु। यसको परिकल्पनाको पूर्णता अझै प्राप्त भएको छैन ।जनताको अधिकार जनतालाई भने पनि गर्न त धेरै बाँकी छ।तर पनि नेपालीको निमित्त प्रजातान्त्रिक मूल्य र मान्यताको पुर्वाधारको रूपमा आजको दिनलाई लिन सकिन्छ ।
    * बर्तमान उच्च शिक्षाको अवस्था कस्तो छ ?

    – पहिरो जाने पहाड मुन्तिरको बस्ती जस्तो छ । राजनीतिले थिचोमिचो गरेको शिक्षा नीति थिलथिलो छ ।शैक्षिक क्यालेन्डर त लागु गर्न नसकेर अस्तब्यस्त छ ।फलस्वरूप समयमा पढाइ नहुने परीक्षा र नतिजा समयमा न आउनाले बिदेश पढ्न जान कतिपय विद्यार्थी बाध्य छ्न र बिदेशी स्कुल कलेज नेपाली विद्यार्थी हरुले भरिएका छ्न ।
    * सुधार्न के गर्नु पर्ला
    – शिक्षा राजनीति गर्ने होइन,यो सरस्वतीको मन्दिर पढ्ने सिक्ने थलो हो । यसलाई बिशुद्ध ज्ञान आर्जन गर्ने थलोको रूपमा सोचिनु पर्द्छ ।समसामयिक पाठ्यसामग्री तयार पारी पाठ्यक्रम निर्माण गरि विद्यार्थीहरु यहीँ बस्ने बाताबरण निर्माण गर्नुपर्छ। शिक्षा र रोजगारी लाई जोडेर अगाडि बढ्नु पर्छ।पार्ट टाइम जागीरको अवसर दिएर काम गराउने हो भने मात्र सुधारको बाटाे खुल्छ।
    * तपाईं महिला शिक्षाको विकासमा लाग्नुको कारण के हो नि ?
    – महिला र पुरुषको समानरूपले बिकास गर्न सके मात्र देशको बिकास हुन्छ ।कुनै एक बर्गको बिकासले समाज समुन्नत हुँदैन ।झन त्यसमा पनि महिलाको चेतना बिस्तार र पहुँच बिस्तार गर्न शिक्षा जरुरी ठानेर महिलाको लागि मात्र कलेज स्थापना गरेर अगाडि बढाइरहेको छु। आवस्यक्ताको सिद्धान्त अनुसार सोची बिचारी म यश तर्फ बिगत ४५ बर्ष देखि लागिरहेको छु।
    * शिक्षामा ब्यापारिकरण भयो।शिक्षा सर्बसुलभ भएन, भन्ने व्यापक गुनासो छ नि ?
    – हो, जब कम्पनी ऐन द्वारा कलेज स्कुल खोल्ने कार्य शुरुभयो त्यसपछि नाफा कमाउने ट्याक्स तिर्ने भन्ने प्रचलन आएपछि शिक्षामा व्यापक ब्यापारीकरण भयो ।हुने खाने र हुँदा खाने बर्ग छुटियो ।पढ्न पनि प्रतिभा भन्दा पैसाले बढी प्रोत्साहन पायो।अनुगमन भएन ।अनि शिक्षामा माफियाको चल्खेल भयो।जो ज्यादै दु:खद हो।
    * अन्त्यमा तपाईं संलग्न मोडर्न कन्या कलेजको शैक्षिक गतिविधि र शुल्क ब्यवस्था बारे भनी दिनुहुन्छ कि ?
    – यो अत्यन्तै सस्तो शुल्कमा महिला लाई उच्च शिक्षामा पहुँच पुर्याउन खोलिएको कलेज हो।बानेश्वरको मुटुमा रहेको यो कलेजमा बिए. बिबिएसका विविध बिषय पढाई हुन्छ ।सेवाभाव भएको शिक्षकहरु हुनुहुन्छ ।अत्यन्त मेहनती शिक्षक , अनुशासित विद्यार्थी , उत्कृष्ट पठनपाठन , राम्रो नतिजा , पर्याप्त छात्रवृत्तिको ब्यबस्था , सस्तो शुल्क , प्रतिमहिना रु. १०००/-लिएर पढाइ रहेको छ।जसरी होस पढ्न नपाए र महिलाले घरमा बस्नु नपरोस् भन्ने साेचका साथ हामी निशुल्क पनि पढाउँछाैँ।तपाईं पढ्न आउनुहोस् हामी भवीष्य दिन्छौँ भन्ने कुरामा प्रतिबद्ध छाैँ।

    *अन्त्यमा अरु केही भन्नू छ कि ?
    -शिक्षामा ज्यादा प्रयोग नगराैँ। राजनीतिका आधारमा कलेज बिश्वबिधालय नखोलुम।१७ जाना विद्यार्थी भर्ना नहुने अवस्थामा १७ वटा बिश्वबिधालय खुलीसके। देशमा आर्थिक भार थप्नु मात्र भएको छ।तर सहिरुपमा भन्दा पढ्नको लागि युवाहरूले गाउँ छोड्नु पर्ने र आवस्यक्ता पुरा गर्न देश छोड्नु पर्ने अबस्था छ।यो अवस्थाबाट मुक्ति दिन सम्पुर्ण पक्ष लाग्नु पर्ने बेला आइसकेको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend