logo

२०८३ साउन १३ बुधबार

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहकार्य आवश्यक : मन्त्री खड्का

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहकार्य आवश्यक : मन्त्री खड्का


हाम्रो राष्ट्र
  • बिहिबार, ८ फाल्गुन २०८१
  • 2.2K
    SHARES

    काठमाडौं:  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाललाई न्यून कार्बन उत्सर्जनयुक्त अर्थतन्त्रतर्फ अघि बढाउन नवीकरणीय ऊर्जा प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) द्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP) को सिकाइ आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै मन्त्री खड्काले ऊर्जा प्रणालीलाई गुणस्तरीय, भरपर्दो, र सर्वसुलभ बनाउने लक्ष्यका साथ सरकार विभिन्न योजना अघि बढाइरहेको उल्लेख गरे।
    नेपाल सरकार र बेलायत सरकारको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा हालसम्म भएका उपलब्धिहरूको समीक्षा तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो। मन्त्री खड्काका अनुसार हाल स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना अनुसार सन् २०३५ सम्म जडित विद्युत् क्षमता २८,५०० मेगावाट पुर्याउने लक्ष्य लिइएको छ।कार्यक्रममा बेलायतका राजदूत रोब फेन, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पी. बिच्छा, ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतका वक्ताहरूले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा साझेदारीको महत्वबारे धारणा राखेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend