काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू गणतन्त्रको विरोध जारी राख्ने स्पष्ट पारेका छन्। संघीय संसद्को प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्थान दिनुपर्ने आफ्नो धारणा दोहोर्याए। उनले भने, “म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्थान दिनुपर्ने पक्षमा रहेको पार्टीको अध्यक्ष हुँ।”
उनले गणतन्त्रको आलोचना गर्दै थपे, “मलाई जसले जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहन्छु। यो लडेर ल्याइएको होस् वा विदेशीको सहयोगमा आएको होस्, म यसको विरोध गर्नेछु।”
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend