logo

२०८३ साउन १४ बिहिबार

सुजाता कोइरालाको नेतृत्वमा काँग्रेस प्रतिनिधिमण्डल र चिनियाँ नेताहरूबीच गम्भीर छलफल

सुजाता कोइरालाको नेतृत्वमा काँग्रेस प्रतिनिधिमण्डल र चिनियाँ नेताहरूबीच गम्भीर छलफल


हाम्रो राष्ट्र
  • बिहिबार, १५ फाल्गुन २०८१
  • 2.2K
    SHARES

    काठमाण्डौ: चीनको सिचवान प्रान्तको छेन्दुमा नेपाली काँग्रेसकी नेतृ ( पूर्व उपप्रधान तथा पूर्व परराष्ट्रमन्त्री ) सुजाता कोइरालाको नेतृत्वमा काँग्रेस प्रतिनिधिमण्डल र सिचवानका शीर्ष नेताहरूबीच महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।भेटवार्तामा कृषि, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन लगायतका क्षेत्रहरूमा सहयोग र सहकार्यका सम्भावनाबारे गहन छलफल भएको जानकारी प्रतिनिधिमण्डलका नेता सदस्य बर्मा लामाले दिएका छन्।लेखित मन्तब्यमार्फत नेतृ कोइरालाले चीनलाई नेपालको असल छिमेकीको रूपमा उल्लेख गर्दै, नेपाली काँग्रेस र नेपाल सरकारले सदैव चीनका चासोप्रति सचेत रहने प्रतिबद्धता प्रकट गरेकी थिइन्। उनले चीनले नेपाल र नेपालीको हित तथा विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा पनि गरेकी थिइन्। नेताहरू- लामा, किरण यादव र देवराज चालिसेका अनुसार-यस भेटवार्ताले चिनियाँ कम्युनिष्ट पार्टी र काँग्रेसबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। काँग्रेसबाट १५ जना नेता सहभागी हुँदा, चिनियाँ तर्फबाट सिचवान प्रान्तका स्थायी कमिटीका सदस्य पुबु डुन्झु, विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना नेता उपस्थित रहे।चिनियाँ नेताहरूले नेपालसँगको साँस्कृतिक सहकार्य र समग्र विकासलाई थप प्रोत्साहन गर्ने इच्छा व्यक्त गरेका छन्। भेटवार्तामा  कोइरालाको नेतृत्वमा टोलिले सिचवानका प्रसिद्ध संग्रहालय र सांस्कृतिक क्षेत्रहरूको अवलोकन गरेको थियो।कोइरालासहितको टोली चार दिनसम्म छेन्दुमा बसिसकेपछि बेइजिङ प्रस्थान गर्ने छ, त्यहाँ पनि चिनियाँ नेताहरूसँग सौहार्दपूर्ण छलफलको कार्यक्रम तय गरिएको छ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend