logo

२०८३ साउन १४ बिहिबार

समाज र बिज्ञान पछाडी फर्किदैन ः गृहमन्त्री लेखक

समाज र बिज्ञान पछाडी फर्किदैन ः गृहमन्त्री लेखक


हाम्रो राष्ट्र
  • शुक्रबार, २३ फाल्गुन २०८१
  • 1.6K
    SHARES

    डडेलधुरा, २२ फाुगन
    गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफिर्किने बताउनुभएको छ । बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । “देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो , “लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइन, अगाडी बढ्ने हो ।”त्यसैगरी, “समाजमा क्रान्तिकारी परीवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो, संसारमा आजसम्मको प्रगती क्रान्ती र परीवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गर्नुभयो।” जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राख्नुभयो ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend