logo

२०८३ साउन १४ बिहिबार

कर्णाली प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघको आठौँ प्रदेश सभा सम्पन्न

कर्णाली प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघको आठौँ प्रदेश सभा सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, २५ फाल्गुन २०८१
  • 2.9K
    SHARES

    सुर्खेत: नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आठौँ प्रदेश सभा कार्यक्रम सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महासंघका पदाधिकारीहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको दौरानमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सम्बन्धी निजी क्षेत्रको राय सुझाव संकलन गर्ने कार्य समेत गरिएको छ। कर्णाली प्रदेशका दशै जिल्लाका महासंघका पदाधिकारीहरूको सहभागितामा आर्थिक नीति, लगानी प्रवर्धन, पूर्वाधार विकास, तथा उद्योग व्यवसायको प्रवर्द्धन लगायतका विषयमा छलफल गरिएको थियो।

    यसै क्रममा मन्त्री शाहले प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन, रोजगारी सिर्जना, तथा आर्थिक समृद्धिको लक्ष्यसहित बजेट तथा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे।

    महासंघका प्रतिनिधिहरूले कर्णालीको औद्योगिक विकासका लागि व्यवसायीक वातावरण सुधार, पूर्वाधार विस्तार, यातायात तथा ऊर्जा व्यवस्थापन लगायतका विषयमा आफ्ना सुझाव समेत प्रस्तुत गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशको आयोजनामा शनिबार सम्पन्न भएको हो।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend