logo

२०८३ साउन १५ शुक्रबार

निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन: उपप्रधानमन्त्री सिंह

निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन: उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • सोमबार, २६ फाल्गुन २०८१
  • 2.5K
    SHARES

    काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले   सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा रहेको श्री शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्नुभयो । उहाँले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताउनु भयो ।

    ‘निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन,जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ ।

    उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताउनुभयो । आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उहाँको भनाई छ । ‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भएपनि नभएपनि केही छैन । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उहाँले भन्नुुभयो ।
    त्यस्तै, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले उपत्यकाको नदि प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यक्ता रहेको बताउनुभयो । ‘यहाँको नदि प्रणाली सुधार गर्नुपर्यो । सिंहदरबार जाँदा धोबीखोला गन्हाउँछ । विष्णुमति,धोबिखोला किनारमा पनि अवस्था उस्तै छ । यसको सुधार सरकारले मात्र गरेर हुन्छ ? सबैले चासो राख्नुपर्यो,’ उहाँले भन्नुुभयो, ‘बाग्मती, विष्णुमति, धोबिखोलालगायतका नदिनाला ढलमा परिणत भइरहेको छ । यसलाई रोक्न आफ्नो घरको ढल नदि नालामा नपठाउन गर्नुपर्ने काममा सजग हुनुपर्यो ।

    त्यस्तै, उपप्रधानमन्त्री सिंहले नदि किनारमा अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने बताउँदै उहाँले त्यसका लागि सरकारले काम अघि बढाउँदा नागरिकले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend