पाल्पा : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारकाे कुनै तयारी नभएकाे बताउनुभएकाे छ । नेपाल पत्रकार महासंघले शनिबार आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्नुहुँदै उहाँले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेकाे बताउनुभएकाे हाे ।
यसअघिका सरकारले अगाडि बढाएकाे पूर्व विशिष्टकाे सुविधाकाे विषय सर्वाेच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरि निर्देशनात्मक आदेश जारी भएकाे चर्चा गर्दै उहाँले भन्नुभयाे,` पूर्वविशिष्टलाई सुविधा थप्ने गरि सरकारले गृहकार्य अघि बढाएकाे छैन । वर्तमान सरकारकाे सुविधा थप्ने सरकारकाे मनसाय छैन । ´
उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रीत रहेकाे र साेही अनुसार काम अघि बढाएकाे पनि बताउनुभयाे । राजनीतिक स्थिरता नभई विकासकाे कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस , एमालेसिहतका दलहरू मिलेर सरकार बनेकाे भन्दै उहाँले जनताकाे जीवन र जिविका सहज बनाउनु नै सरकारकाे प्राथमिकता रहेकाे बताउनुभयाे । शुक्रबार पाल्पा कांग्रेसकाे कार्यक्रममा सहभागी हुनुभएका सिंह आज गुल्मी क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलनमा सहभागि हुनुहुनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend