logo

२०८३ साउन १४ बिहिबार

विद्यार्थीहरूका लागि विशेष अफर! ग्रान्ड एजुकेसन एक्स्पो २०२५ मा प्रत्यक्ष परामर्श, छात्रवृत्ति र विशेष छुट

विद्यार्थीहरूका लागि विशेष अफर! ग्रान्ड एजुकेसन एक्स्पो २०२५ मा प्रत्यक्ष परामर्श, छात्रवृत्ति र विशेष छुट


हाम्रो राष्ट्र
  • आइतबार, २ चैत्र २०८१
  • 3.4K
    SHARES

    काठमाडौं, नेपाल – स्टेलर इन्टरनेशनल एजुकेसन ले ग्रान्ड एजुकेसन एक्स्पो २०२५ को आयोजना गर्दैछ, जुन चैत १६ गते, शनिबार, बिहान ११:०० बजे देखि अपराह्न ४:०० बजे सम्म पुतलीसडक, काठमाडौं मा सम्पन्न हुनेछ। स्टेलर इन्टरनेशनल एजुकेसनका प्रबन्ध निर्देशक सुदीप केसी ले सबै इच्छुक विद्यार्थी र अभिभावकलाई यस महत्वपूर्ण शैक्षिक मेलामा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

    सुदीप केसी शिक्षाक्षेत्रका एक अनुभवी विज्ञ हुन्, जसले १५ वर्षभन्दा बढी समयदेखि शिक्षा परामर्श क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएका छन्। उहाँ शैक्षिक परामर्शदाता, प्रशिक्षक, बी२बी विशेषज्ञ समेत हुनुहुन्छ। हाल उहाँ स्टेलर इन्टरनेशनल एजुकेसनका प्रबन्ध निर्देशक, आरबीएस इन्टेलेक्टका क्षेत्रीय निर्देशक, तथा लायन्स क्लब अफ काठमाडौं लिटल बुद्धाका कोषाध्यक्ष पनि हुनुहुन्छ।

    विद्यार्थीहरूका लागि सुनौलो अवसर!
    यो एक्स्पो विशेष गरी विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ। अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, बेलायत, र युरोप का प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श (One-on-One Counselling) को सुविधा उपलब्ध हुनेछ। सहभागीहरूले स्पट एडमिशन, १००% सम्मको छात्रवृत्ति अवसर, टेस्ट तयारीमा विशेष छुट, तथा पूर्व भिसा अधिकृत (इमिग्रेशन न्यूजिल्याण्ड) बाट प्रत्यक्ष सल्लाह प्राप्त गर्न सक्नेछन्।

    त्यसैगरी, रोचक गिफ्ट ह्याम्पर, शून्य प्रोसेसिङ शुल्क, तथा भिसा आवेदन र अध्ययन विकल्पबारे विज्ञ मार्गदर्शन प्राप्त गर्न सकिन्छ। कार्यक्रम निःशुल्क प्रवेश रहेको छ, र इच्छुक विद्यार्थीहरूले प्रचार सामग्रीमा दिइएको QR कोड स्क्यान गरी दर्ता गर्न सक्नुहुन्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend