काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निरंकुश शासन व्यवस्थाबाट प्रजातन्त्रमा प्रवेश गरेपछि देशले ठुलाे फड्काे मारेकाे बताउनुभएकाे छ । शनिबार `२५ओै ह्वाइटहाउस एजुकेसन फाउन्डेसन डे´का अवसरमा आयाेजित कार्यक्रममा उहाँले देशले पूर्वाधार विकाससँगै शिक्षाकाे क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेकाे बताउनुभयाे । उहाँले समाज परिवरेर्नमा शैक्षिक संस्थाहरूकाे भूमिका महत्वपूर्ण रहेकाे पनि बतनउनुभयाे ।
`नेपालमै राम्राे शैक्षिक संस्था बनिसकेकाे छ । तानाशाही शासनप्रणालीबाट भएकाे राजनीतिक परिवर्तन सँगै प्रजातन्त्र आएपछि देशले ठुलाे फड्काे मारेकाे छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,` हामीले पढ्ने बेला र अहिलेकाे शैक्षिक अवस्थामा परिवर्तन आएकाे छ ।सकारात्मब साेच राखेर अघि बढ्दा राम्राे हुन्छ । हामीसँग भएका संस्थाबाट समाज रूपान्तरण गर्न भरमुग्दर प्रयस गर्नुपर्छ ।´
उहाँले निराशाकाे भाष्य बनाउनेभन्दा प्राप्त अवसरकाे सदुपयाेग गर्नु सबैका लागि राम्राे हुने पनि बताउनुभयाे । देशकाे आर्थिक विकास र समृद्धि नै अबकाे प्राथमिकता रहेकाे भन्दै त्यसका लागि सरकारसँगै सबै क्षेत्रबाट सकारात्मक पहलकाे आवश्यकता रहेकाे सिंहकाे भनाई थियाे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend