logo

२०८३ साउन १४ बिहिबार

आर्थिक सर्वेक्षण २०८१/०८२ तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आर्थिक सर्वेक्षण २०८१/०८२ तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, ११ चैत्र २०८१
  • 2.3K
    SHARES

    सुर्खेत: आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश सरकारका प्रमुख सचिवको अध्यक्षतामा  आर्थिक सर्वेक्षण २०८१/०८२ को तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा योजना आयोगका मा. उपाध्यक्ष तथा सदस्यज्यूहरू मन्त्रालयका पदाधिकारीहरू र संघीय अर्थ मन्त्रालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा आर्थिक सर्वेक्षणको तयारी प्रक्रियाबारे छलफल हुनुका साथै प्रदेशगत मन्त्रालय सँग समन्वय गरी आर्थिक सूचकहरू संकलन विश्लेषण तथा समग्र आर्थिक अवस्थाको मूल्यांकन गर्ने विषयमा विस्तृत विचारविमर्श गरिएको थियो।

    कार्यक्रमका क्रममा कर्णाली प्रदेशको समृद्धि र दिगो विकासका लागि आवश्यक नीति तथा योजनाहरूको प्रभावकारी कार्यान्वयन बजेट व्यवस्थापन र आगामी आर्थिक वर्षका लागि रणनीतिक प्राथमिकता बारे समेत छलफल गरिएको थियो।

    अन्तरक्रियामा आर्थिक सर्वेक्षणले प्रदेशको आर्थिक अवस्था झल्काउने महत्वपूर्ण आधार तयार गर्ने भएकाले सम्बन्धित सबै निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend