logo

२०८३ साउन १४ बिहिबार

किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब शहरी विकास मन्त्रालयबाटै

किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब शहरी विकास मन्त्रालयबाटै


हाम्रो राष्ट्र
  • बिहिबार, २० चैत्र २०८१
  • 2.4K
    SHARES

    काठमाडौं :   कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले किर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरिक्षण गर्नुभएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरिक्षण हुनेछ । समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ ।

    उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरि काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुपर्नेमा जोड दिनुभएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।

    शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरि काम भइरहेको र अब नियमित रुपमा मन्त्रालयबाटै निरिक्षणको व्यवस्था मिलाइएको बताउनुभयो । ‘आजबाट मन्त्रीज्यूले मन्त्रालयबाटै किर्तिपुरमा भइरहेको कामको निरिक्षण गर्नुहुनेछ,’ उहाँले भन्नुभयो, ‘निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ । गत चैत ७ गते उपप्रधानमन्त्री सि‍हले किर्तिपुर पुगेरै निर्माण कार्यको निरिक्षण गर्नुभएको थियो । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले काम गरिररहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend