logo

२०८३ साउन १४ बिहिबार

पाँच डीआईजी एआईजीमा बढुवा

पाँच डीआईजी एआईजीमा बढुवा


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

    प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend