जाजरकोट: कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको बेलीब्रिजको कार्यक्रमकम प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले शिलान्यास गर्नु भएको छ । जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न वडा तथा गाउँ बस्तीका जनताहरुलार्इ मध्यपहाडी लोकमार्गसँग जोड्ने यो महत्वपुर्ण हुने विश्वास गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको समारोहमा भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयको जाजरकोट प्रदेश १ (ख) पुर्वाधार विकास कार्यक्रमबाट विनियोजित रकमबाट छेडागाड न.पा. ६ र जुनिचाँदे गा.पा. ५ जोड्ने लामातडा बेलीब्रीज शिलान्यास भएको हो ।
उक्त शिलान्यास कार्यक्रममा भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टा तथा मन्त्रालयका पदाधिकारी, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी र स्थानीय बासिन्दाहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त (बेदिब्रिज) पुल निर्माणबाट जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न वडा र गाउँ बस्तीका जनताहरुलार्इ मध्यपहाडी लोकमार्गसँग जोड्न सहज हुने विश्वास गरिएको छ । बेलीब्रीज पुलको शिलान्यास पश्चात मन्त्री शाहले लाभान्वित क्षेत्रका नागरिकहरुको शिक्षा, स्वास्थ्य लगायतको विकास निर्माणमा सुदृढीकरण हुनेको साथै आर्थिक वृद्धि तिव्र रुपमा हुने विश्वास व्यक्त गर्नु भयो ।
पश्चिम जाजरकोटको सबै भन्दा विकट गाउँ बस्तीहरु सडक पुलमार्फत राष्ट्रीय सडक संजालमा जोडिएको हुँदा यहाँका नागरिकहरुले कृषि, पशुपालन लगायतका उत्पादनमुलक क्षेत्रमा जोडिई आयआर्जनमा वृद्धि गर्न तर्फ अग्रसर हुन समेत स्थानीय बासिन्दाहरुमा आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र, पश्चिम जाजरकोटका जनतासँग निर्वाचनताका गर्नु भएको घोषणा पत्रलाई प्राथमिकतामा राख्दै आफु अघि बढि रहेको र जनतासँग गरिएका बाचाकसमहरु साकार भै रहेको जानकारी दिनु भयो । साथै निर्माण कम्पनीलाई शिघ्र निर्माण कार्य सम्पन्न गर्न समेत निर्देशन दिनु भयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend