logo

२०८३ साउन १३ बुधबार

एबर्टे विश्वविद्यालयका प्रतिनिधिहरूसँग “Meet the Experts” कार्यक्रम सम्पन्न

एबर्टे विश्वविद्यालयका प्रतिनिधिहरूसँग “Meet the Experts” कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, १० बैशाख २०८२
  • 3K
    SHARES

    काठमाडौं, २२ अप्रिल २०२५ – रोसेट्टा एजुकेसन इन्टरनेसनलले एबर्टे विश्वविद्यालय, स्कटल्याण्डका प्रतिनिधिहरूको सहभागितामा विशेष शैक्षिक कार्यक्रम “Meet the Experts” सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम २२ अप्रिल २०२५ मा रोसेट्टाको नयाँ बानेश्वरस्थित कार्यालय परिसरमा आयोजना गरिएको थियो।

    कार्यक्रममा एबर्टे विश्वविद्यालयकी Regional Recruitment Manager for Nepal रश्मिता आचार्य र MSM Unify का Regional Head for the UK and Europe डोनाल्ड राज प्रमुख वक्ताका रूपमा सहभागी थिए। उनीहरूले बेलायतमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी जानकारीहरू प्रस्तुत गरे।

    कार्यक्रम बिहान १० बजे सुरु भई उत्साहपूर्वक सम्पन्न भयो। कार्यक्रममा थुप्रै विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो, जसले एबर्टे विश्वविद्यालयमा अध्ययनको अवसरबारे प्रत्यक्ष जानकारी प्राप्त गरे। कार्यक्रमको विशेष आकर्षण “अन-स्पट अफर” सेसन रह्यो, जसअन्तर्गत योग्य विद्यार्थीहरूले सोही दिन भर्ना प्रस्ताव प्राप्त गर्ने अवसर पाए।

    कार्यक्रममा विश्वविद्यालयको आधुनिक क्याम्पस, गुणस्तरीय शिक्षा, करियर-केंद्रित कार्यक्रमहरू र छात्र अनुकूल वातावरणबारे विस्तृत रूपमा जानकारी दिइयो। रश्मिता आचार्यले नेपाली विद्यार्थीहरूका लागि उपयुक्त पाठ्यक्रमहरू, आवेदन प्रक्रिया, आवश्यक कागजातहरू र भिसा प्रक्रियाका विषयमा मार्गदर्शन प्रदान गरिन्। त्यसैगरी, डोनाल्ड राजले बेलायतमा अध्ययनको समग्र परिप्रेक्ष्य प्रस्तुत गर्दै MSM Unify मार्फत उपलब्ध सहयोग सेवाहरूको बारेमा पनि प्रकाश पारे। रोसेट्टा एजुकेसन इन्टरनेसनलले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा पहुँचमा सहजता ल्याउने उद्देश्यले यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend