logo

२०८३ साउन १४ बिहिबार

लाेकतन्त्रमा मात्र खेल र खेलाडीकाे विकास हुन्छ : उपप्रधानमन्त्री सिंह

लाेकतन्त्रमा मात्र खेल र खेलाडीकाे विकास हुन्छ : उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • आइतबार, १४ बैशाख २०८२
  • 2.8K
    SHARES

    काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रमा मात्र खेल र खेलाडीकाे विकास हुने बताउनुभएकाे छ । प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियाेगिता -२०८२ काे बिहिबार सातदाेबाटाेस्थित कराँते एकेडेमी हलमा उद्घाटन गर्नुहुँदै उहाँले खेल र खेलाडीका लागि पनि लाेकतन्त्र महत्वपूर्ण रहेकाे बताउनुभयाे । यल सिताेरियाे कराँते डाे मंगलबजारले प्रतियोगिता आयाेजना गरेकाे हाे ।

    ` नयाँ पिँढीले लाेकतन्त्र भएमात्र खेलाडीकाे हित हुन्छ भन्ने बुझ्नुपर्छ । ०४६ सालभन्दा अगाडि मार्सलआर्ट सेना र प्रहरीले मात्र खेल्न पाउँथ्याे, नागरिकले पाउँदैनथिए,´ उहाँले भन्नुभयाे,`म आफू विद्यार्थी हुँदा इच्छा भएपनि खेल्न पाइँदैनथ्याे । नागरिकलाई प्रतिबन्धजस्तै थियाे ।´ अहिले कतिपयले लाेकतन्त्र आएर के भयाेर
    ? भन्ने गरेकाे भन्दै सबैले आफ्नाे इच्छाअनुसारकाे खेल खेल्न पाउने अधिकार लाेकतन्त्र आएपछिनै नै सुरक्षित भएकाे बुझ्न आग्रह गर्नुभयाे ।

    खेलले स्वस्थ नागरिक बनाउने र तत्काल निर्णय गर्ने क्षमताकाे विकास हुने भन्दै उहाँले आफ्नाे रूचीअनुसारकाे खेलमाासहभागि हुनु राम्राे हुने बताउनुभयाे । बिहिबारबाट शुरू भएकाे खेल तीन दिन सम्म चल्लेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend