काठमाडौँ – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (FECON) को आगामी निर्वाचनमा Flying Kangaroo Education Consultancy Pvt. Ltd. का प्रतिनिधि धिरज रायमाझी कार्यकारी सदस्य (Executive Member) पदमा उम्मेदवार बनेका छन्।
उनी लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमै क्रियाशील रहँदै आएका छन् र पारदर्शी, विद्यार्थीमैत्री, तथा दिगो विकास उन्मुख परामर्श सेवा प्रणाली निर्माणमा योगदान पुर्याउँदै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै रायमाझीले भने, “FECON को मजबुत संस्थागत विकासका लागि मेरो सधैँको प्रतिबद्धता रहनेछ। म पारदर्शिता, नीतिगत सहभागिता, र सबैका आवाजलाई स्थान दिने समावेशी नेतृत्वको अभ्यास गर्न चाहन्छु।”
उनले आफ्नो प्राथमिकता पाँच वटामा स्पष्ट रुपमा राखेका छन्:
१. शुद्ध, पारदर्शी र विद्यार्थीमैत्री सेवा प्रवर्द्धन
२. नीति निर्माणमा सक्रिय सहभागिता
३. अनलाइन सेवा प्रणालीको प्रवर्द्धन
४. न्यायसंगत सेवा शुल्क र मापदण्डको प्रस्ताव
५. संघभित्र समावेशी नेतृत्व र एकता प्रवर्द्धन
रायमाझीले सम्पूर्ण FECON परिवारको विश्वास र सहयोगका लागि आग्रह गर्दै आगामी निर्वाचनमा आफूलाई मत दिएर संस्थाको विकासयात्रामा सहभागी गराउन अनुरोध गरेका छन्।
सम्पर्क:
धिरज रायमाझी
Flying Kangaroo Education Consultancy Pvt. Ltd.
फोन: ९८१८३७३५५२
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend