काठमाडौं, Educational Professional Consultancy Association of Nepal (EPCAN) को आयोजनामा Japanese Language Schools Association of Nepal (JALSAN) का नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम हालै भव्य रूपमा सम्पन्न गरिएको थियो।
कार्यक्रममा नव निर्वाचित नेतृत्वलाई सम्मान गर्दै JALSAN को योगदानको समेत सराहना गरिएको थियो। जापान जानुअघि जापानी भाषा र संस्कृतिको अध्ययन तथा बुझेपछि मात्र विद्यार्थीलाई पठाउनुपर्ने विचारमा विश्वास राख्ने JALSAN ले हजारौं नेपाली विद्यार्थीहरूलाई जापान प्रस्थानपूर्व मार्गदर्शन तथा तयारी गराउँदै आएको छ।
कार्यक्रममा EPCAN अध्यक्ष प्रज्वल बस्नेतज्यूले स्वागत मन्तव्य दिनु भएको थियो। उहाँले JALSAN सँगको सहकार्यलाई सशक्त बनाउँदै आगामी दिनमा विद्यार्थी हितमा थप संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
त्यस्तै, JALSAN अध्यक्ष रमेश देवकोटाज्यूले मन्तव्य दिंदै नव निर्वाचित कार्यसमितिको तर्फबाट आगामी कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो। उहाँले जापानी भाषा शिक्षाको गुणस्तर, संस्थागत एकता, र विद्यार्थी हितका विषयमा JALSAN को प्रतिबद्धता दोहोर्याउनु भयो।
कार्यक्रम संचालन EPCAN कार्यसमिति सदस्य नरेश सेढाईंले गर्नु भएको थियो। समापनतर्फ EPCAN अध्यक्ष बस्नेतज्यूले अतिथिहरूलाई मायाको चिनो (Token of Love) प्रदान गर्दै कार्यक्रमलाई भावनात्मक रूपमा समेट्नु भयो।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका Infinite Cargo & Courier लाई Recognition प्रदान गरिएको थियो। साथै, यात्रा साझेदार White Orchid Travel & Tours, र मिडिया साझेदार Jupiter Media लाई पनि EPCAN र JALSAN को तर्फबाट विशेष धन्यवाद अर्पण गरिएको थियो।
कार्यक्रमको सफल आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्नु हुने सम्पूर्ण सहभागी, शुभेच्छुक तथा संस्थागत प्रतिनिधिहरूलाई EPCAN र JALSAN परिवारले हार्दिक आभार प्रकट गरेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend