logo

२०८३ साउन १४ बिहिबार

आईसीसीसी, चाबहिलद्वारा मल्टि-डेस्टिनेसन फेस्ट: देश वा विदेश — अब निर्णय तपाईंको!

आईसीसीसी, चाबहिलद्वारा मल्टि-डेस्टिनेसन फेस्ट: देश वा विदेश — अब निर्णय तपाईंको!


हाम्रो राष्ट्र
  • शुक्रबार, १० जेष्ठ २०८२
  • 2.2K
    SHARES

    काठमाडौं,  अन्तर्राष्ट्रिय करिअर काउन्सिलिङ सेन्टर (ICCC), चाबहिलले आयोजना गर्न लागेको मल्टि-डेस्टिनेसन फेस्ट विद्यार्थीहरूका लागि अवसरहरूको खानी सावित हुँदैछ। “Unleash Your Potential” भन्ने नारासहित, यो कार्यक्रमले विद्यार्थीहरूलाई देश वा विदेशमा उपयुक्त शैक्षिक गन्तव्य छान्न सहयोग पुर्याउनेछ, उनीहरूको रुचि, क्षमता र दीर्घकालीन उद्देश्यलाई ध्यानमा राख्दै। “हामी विदेश जान मात्र होइन, नेपालमै भविष्य बनाउने विषयमा पनि सशक्त सल्लाह दिन तयार छौं। सबैको लागि विदेश जाने कुरा उपयुक्त हुँदैन। कुन बाटो कुन विद्यार्थीका लागि सही हो भन्ने कुरा यथार्थपरक हिसाबले बुझाउने प्रयास हो यो फेस्ट,” कार्यक्रमका बारेमा आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए।

    अनुभवी काउन्सिलरहरूसँग प्रत्यक्ष करिअर सल्लाह, क्यानडा, बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत देशबारे विस्तृत जानकारी, कोर्स छनोट, स्कलरसिप र भिसा प्रक्रियाबारे मार्गदर्शन, नेपालमै रहेका शिक्षा र करिअर सम्भावनाहरूको गहिरो विश्लेषण, सबैजनाले विदेश जानुपर्छ भन्ने भ्रमको खण्डन, विद्यार्थीको क्षमता पहिचान गर्न सहयोग गर्ने इंटरेक्टिभ सेसनहरू कार्यक्रमका विशेषताहरू रहेको छ।

    राम खड्काका अनुसार, आजभोलि धेरै विद्यार्थी र अभिभावकहरू योजनाबिना विदेश जाने सोच बनाउँछन्। “हामी त्यस सोचलाई चुनौती दिन चाहन्छौं। विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सही दिशामा सहयोग पुर्याउने हाम्रो उद्देश्य हो,” उनले थपे। यो फेस्टले विद्यार्थीहरूलाई सही निर्णय लिन प्रेरणा दिनेछ, चाहे त्यो निर्णय नेपालमै भविष्य निर्माण गर्ने होस् वा विदेशमा उच्च शिक्षा हासिल गर्ने। स्वास्थ्य, प्रविधि, व्यवस्थापन वा अन्य जुनसुकै क्षेत्र होस्, ICCC को अनुभवी टिम तपाईंको यात्रा सहज बनाउन तत्पर छ। विद्यार्थी, अभिभावक, विद्यालयका प्रतिनिधिहरू सबैलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend