काठमाडौं, काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित नेपालकै सबैभन्दा ठूलो मल्टी-डेस्टिनेसन शैक्षिक मेला १२ जेठ २०८२ मा भव्य रूपमा सम्पन्न भएको छ। यो मेलामा सयौं विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रह्यो।
मेलामा नेपाल, अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, जापान, जर्मनीलगायतका देशका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूका आधिकारिक प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। उपस्थित विद्यार्थीहरूले देश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न आवश्यक सम्पूर्ण जानकारी एकै स्थानमा प्राप्त गर्ने अवसर पाए।
मेला दौरान सहभागीहरूले कोर्स छनोट, छात्रवृत्ति अवसर, भर्ना प्रक्रिया, आवश्यक कागजातहरू, भिसा प्रक्रिया, अध्ययनपश्चातको रोजगार अवसर तथा दीर्घकालीन करियर योजनाबारे प्रत्यक्ष परामर्श लिएका थिए। साथै, हालै परिमार्जन भएका अध्यागमन नीति र भिसा सम्बन्धी अद्यावधिक जानकारीसमेत प्राप्त भएको थियो।
विद्यार्थीहरूले शैक्षिक परामर्शदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना लक्ष्यअनुसार व्यक्तिगत परामर्श पाउने सुविधा पाए। यसले उनीहरूलाई अध्ययन गन्तव्य छनोट गर्न, योजना बनाउने र आत्मविश्वासका साथ निर्णय लिन थप मद्दत गरेको थियो।
मेलाका आयोजकका अनुसार शिक्षा मेलाको उद्देश्य विद्यार्थीहरूलाई विश्वसनीय, अद्यावधिक र वस्तुनिष्ठ जानकारी प्रदान गर्दै उनीहरूको अध्ययन यात्रा सुरुवातमा सहयोग पुर्याउनु हो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend