logo

२०८३ साउन १५ शुक्रबार

‘द नेक्स्ट’ को स्कलरशिप केन्द्रित शैक्षिक मेला सम्पन्न

‘द नेक्स्ट’ को स्कलरशिप केन्द्रित शैक्षिक मेला सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, १ असार २०८२
  • 2.1K
    SHARES

    काठमाडौं, विदेश अध्ययनमा इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै ‘द नेक्स्ट स्कलरशिप डे’ कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी’को नयाँ पुतलीसडकस्थित कार्यालय समुद्घाटनसँगै आयोजना गरिएको हो।

    कन्सल्टेन्सीका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार उक्त कार्यक्रममा अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजिल्याण्ड लगायतका ६० भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा विद्यार्थीहरूले प्रत्यक्ष परामर्श प्राप्त गर्ने अवसर पाए।

    “विद्यार्थी तथा अभिभावकले विश्वविद्यालय र कलेज प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाएका छन्,” भण्डारीले बताए, “यसले शिक्षा छनोटप्रति हुने आशंका र अविश्वास हटाउनेछ।”

    कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि रमाइलो फन गेम्स र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था समेत गरिएको थियो।

    सन् २००५ मा डिल्लीबजारबाट सुरु भएको ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी’ले विदेशमा अध्ययन पश्चात् आर्जन गरिएको सीप तथा ज्ञानलाई मातृभूमिको समृद्धिमा उपयोग गर्न विद्यार्थीहरूलाई अभिप्रेरित गर्ने अभियान निरन्तर अघि बढाइरहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend