logo

२०८३ साउन १५ शुक्रबार

KBA Global Education Fair 2025 काठमाडौं र चितवनमा सफलतापूर्वक सम्पन्न

KBA Global Education Fair 2025 काठमाडौं र चितवनमा सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, १२ असार २०८२
  • 4.6K
    SHARES

    काठमाडौं,  KBA Global Education & Migration द्वारा आयोजना गरिएको बहुप्रतीक्षित KBA Global Education Fair 2025 असार १३ गते काठमाडौंअसार १५ गते चितवनमा सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित ओंकार भवनमा रहेको KBA को काठमाडौं कार्यालय र नारायणगढको लायन्सचोकमा रहेको चितवन कार्यालयमा सम्पन्न मेलामा सयौं विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

    KBA Global Kathmandu का म्यानेजर प्रेम कार्कीका अनुसार, मेलाले विद्यार्थीहरूलाई एकल परामर्श, स्पट एडमिशन, तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूका स्कलरसिप अवसरहरूबारे प्रत्यक्ष जानकारी प्रदान गर्‍यो। सहभागीहरूले आर्थिक योजना परामर्श, IELTS/PTE तयारीमा ८०% छुट, र अनलिमिटेड मोक टेस्ट सुविधाहरू पनि प्राप्त गरे। कार्यक्रममा गिफ्ट ह्याम्परलक ड्र मार्फत विभिन्न पुरस्कारहरू वितरण गरिँदा मेलाको वातावरण अझ आकर्षक बनेको थियो।

    यो मेला अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित थियो। +2 उत्तीर्ण गरेका, स्नातक तहमा अध्ययनरत वा हालसालै स्नातक पूरा गरेका विद्यार्थीहरूका लागि मेला विशेष लाभदायी भएको आयोजकले जनाएको छ।

    काठमाडौं र चितवनमा समान रूपमा आयोजना गरेर KBA Global ले नेपालमा आफ्नो सशक्त सञ्जालप्रभावशाली कार्यक्षमता पुनः प्रमाणित गरेको छ। अष्ट्रेलियाका सिड्नी (रकडेल र अवर्न), मेलबर्न, डार्विन, पर्थ, होबार्ट, साथै नाइजेरिया, फिलिपिन्सनेपालका विभिन्न सहरहरूमा रहेका कार्यालयहरूमार्फत KBA Global ले विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिँदै आइरहेको छ।

    दुवै स्थानमा मेलाको सफल सम्पन्नताले KBA Global को विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीप्रतिको प्रतिबद्धता झल्काउँछ। संस्थाले कार्यक्रममा सहभागी भएका सम्पूर्ण विद्यार्थी, अभिभावक, सहकार्यकर्ता संस्थाहरू र कर्मचारी टोलीप्रति धन्यवाद व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend