logo

२०८३ साउन १४ बिहिबार

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबिच छलफल

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबिच छलफल


हाम्रो राष्ट्र
  • मंगलबार, १७ असार २०८२
  • 1.9K
    SHARES

    काठमाडौं : विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबिच छलफल भएको छ । शहरी विकास मन्त्रालयमा आज भएको भेटमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय भएको थियो ।

    भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबिच छलफल भएको छ । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरुसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताउनुभयो ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसमपूर्वानुमानअनुसार पूर्व सूचनालाई प्रभावकारी बनाउन सके समभावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend