काठमाडौं, EPCAN र आन्तरिक राजस्व कार्यालयको संयुक्त आयोजनामा तथा चार्टर्ड एकाउन्टेन्टहरूको सक्रिय सहभागितामा सम्पन्न भएको “कर र व्यवसाय चेतनामूलक कार्यक्रम” आज सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय काठमाडौं–२८ नं. वडाको तर्फबाट प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। कर प्रणाली, आर्थिक व्यवस्थापन र व्यवसायिक उत्तरदायित्वहरूबारे महत्वपूर्ण जानकारी प्रदान गर्नु हुने चार्टर्ड एकाउन्टेन्ट (CA) राजमणि पोखरेलज्यूलाई EPCAN परिवारको तर्फबाट विशेष धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी व्यवसायी, सरोकारवाला र प्रतिनिधिहरूप्रति EPCAN अध्यक्ष प्रज्वोल बस्नेतज्यूले धन्यवाद ज्ञापन गर्नु भएको छ। उहाँले यस्ता कार्यक्रमहरूले करप्रति व्यवसायीहरूको चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै उपयोगी कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend