logo

२०८३ साउन १४ बिहिबार

क्लिक इन्टरनेसनल एजुकेशनको बहुप्रतीक्षित युके एडमिशन डे २०२५ सफलतापूर्वक सम्पन्न

क्लिक इन्टरनेसनल एजुकेशनको बहुप्रतीक्षित युके एडमिशन डे २०२५ सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ साउन २०८२
  • 3.2K
    SHARES

    क्लिक इन्टरनेसनल एजुकेशनले बहुप्रतीक्षित युकेको एडमिशन डे २०२५ सफलतापूर्वक शुक्रबार, साउन ३ गते (जुलाई १८) काठमाडौंको बागबजारस्थित नेपाल मेडिकल एसोसिएसन भवनको पहिलो तल्लामा रहेको आफ्नै कार्यालयमा सम्पन्न गरेको छ। बिहान ११ बजे सुरु भएको कार्यक्रममा धेरैजसो विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रका अभिरुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई युकेको शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने, छात्रवृत्तिको अवसरहरूको खोजी गर्ने, अन-द-स्पट मूल्यांकन प्राप्त गर्ने र व्यक्तिगत भर्ना परामर्श सेवा लिन सक्ने उत्कृष्ट मञ्च उपलब्ध गराएको थियो। कार्यक्रममा क़्वीन मार्गरेट युनिभर्सिटी, युनिभर्सिटी अफ ग्रिनिच, एडिनबरा नेपियर युनिभर्सिटी, युनिभर्सिटी अफ ईस्ट लन्डन, बीपीपी युनिभर्सिटी, क़्वीन मेरी युनिभर्सिटी अफ लन्डन लगायतका थुप्रै प्रतिष्ठित युके विश्वविद्यालयहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमको औपचारिक उद्घाटन ईक्यान अध्यक्ष श्री शेषराज भट्टराईले गरेका थिए। सो अवसरमा क्लिक इन्टरनेसनल एजुकेशनका निर्देशक गोविन्द खनालले सहभागी विद्यार्थी, अभिभावक र विश्वविद्यालय प्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै भने, “यो कार्यक्रम केवल भेटघाटको अवसर मात्रै होइन, धेरै विद्यार्थीहरूको लागि परिवर्तनशील शैक्षिक यात्राको सुरुवात पनि हो।”

    खनालले क्लिक इन्टरनेसनल एजुकेशनले सधैँ इमान्दार परामर्श, व्यावसायिक आवेदन सहयोग र भिसा प्रक्रियामा सम्पूर्ण मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याए। उनको नेतृत्वमा यो संस्था नेपाली शैक्षिक परामर्श क्षेत्रमा एक भरपर्दो नामको रूपमा स्थापित भएको छ।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया विद्यार्थीहरू र विश्वविद्यालय प्रतिनिधिहरूबाट प्राप्त भएको थियो, जसले क्लिक इन्टरनेसनल एजुकेशन नेपाली विद्यार्थी र अन्तर्राष्ट्रिय शिक्षाबीचको विश्वसनीय पुलको रूपमा परिचित भएको पुष्टि गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend