logo

२०८३ साउन १३ बुधबार

स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • बिहिबार, २३ साउन २०८२
  • 1.2K
    SHARES

    काठमाडौं: स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि गर्न निजी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ।

    उहाँका अनुसार, सरकार एक्लैले मात्र स्वास्थ्य सेवा दिन प्रयाप्त नहुने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर सेवा विस्तार गर्नु अपरिहार्य छ।

    उपप्रधानमन्त्री सिंहले डिल्लीबजारस्थित जेनिथ डेन्टल क्लिनिकको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। क्लिनिकको सेवा सुरुआतको अवसरमा आयोजित कार्यक्रममा उहाँले गुणस्तरीय सेवा, प्रविधिमैत्री उपचार र समुदायमुखी सोचका साथ निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख माननीय इन्दिरा राणा, राष्ट्रिय सभाका पूर्व सदस्य राधेश्याम अधिकारी, बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ, प्रदेश सांसद शान्ता ढकाल, काठमाडौं महानगरपालिका वडा नं २९ का अध्यक्ष कुश ढकाल, वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ, समाजसेवीहरू, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा क्लिनिकका सञ्चालिका डा. सुकोमल भट्टराईले मुख स्वास्थ्यसम्बन्धी जानकारी प्रस्तुत गर्दै, नेपाल सरकारको स्वास्थ्य नीतिअनुसार सेवा प्रवाहमा आफ्नो तर्फबाट सक्दो योगदान पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

    क्लिनिकका अर्का सञ्चालक सुरज भट्टराईले क्लिनिक अत्याधुनिक उपकरण र प्रविधिबाट सुसज्जित रहेको जानकारी दिँदै सेवा मूलक र समुदायमा आधारित ढाँचामा सेवा प्रदान गरिने बताउनुभयो। साथै, विभिन्न संघ–संस्थासँग सहकार्य गरेर स्थानीय समुदायलाई लक्षित स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

    कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी ऋगा शर्माले गर्नुभएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend