logo

२०८३ साउन १३ बुधबार

काठमाडौंमा सुरू भयो “स्टडी इन इन्डिया एक्स्पो”, पहिलो दिन नै उत्साहजनक सहभागिता

काठमाडौंमा सुरू भयो “स्टडी इन इन्डिया एक्स्पो”, पहिलो दिन नै उत्साहजनक सहभागिता


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ साउन २०८२
  • 2.9K
    SHARES

    काठमाडौं, २३ श्रावण — भारतका ३० भन्दा बढी शीर्ष विश्वविद्यालयहरू र कलेजहरू सहितको “स्टडी इन इन्डिया एक्स्पो” आज काठमाडौंको एभरेस्ट होटलमा भव्य रूपमा सुरू भएको छ। यो दुई दिने प्रदर्शनीमा भारतका प्रतिष्ठित विश्वविद्यालयहरूबाट प्रतिनिधिहरू आएका छन् जसले नेपाली विद्यार्थीहरूका लागि स्नातक र स्नातकोत्तर तहमा २०० भन्दा बढी कार्यक्रमहरूको जानकारी दिइरहेका छन्।

    अफेअर्स एक्जिबिशन का निर्देशक विवेक शुक्लाले पहिलो दिनको सफलता र सहभागिताले आफूहरू उत्साहित भएको बताए। “आजको दिन निकै सफल रह्यो। नेपाली विद्यार्थीहरूबाट जुन प्रतिक्रिया प्राप्त भयो, त्यो सराहनीय छ। भोलिको दिन अझै उत्कृष्ट हुनेछ भन्ने हाम्रो अपेक्षा छ,” शुक्लाले भने।

    प्रदर्शनीमा सहभागी प्रमुख विश्वविद्यालयहरूमा एमिटी युनिभर्सिटी, एलायन्स युनिभर्सिटी, अडामस युनिभर्सिटी, चण्डीगढ युनिभर्सिटी, लवली प्रोफेशनल युनिभर्सिटी, ग्राफिक एरा युनिभर्सिटी, पारुल युनिभर्सिटी, जैन युनिभर्सिटी, एसआरएम युनिभर्सिटी का विभिन्न क्याम्पसहरू, शारदा युनिभर्सिटी, तथा भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी) लगायतका संस्था रहेका छन्। विद्यार्थीहरूले यिनै संस्थाका एडमिशन टिमसँग प्रत्यक्ष भेटघाट गर्दै स्कलरसिप तथा आवेदन प्रक्रिया बुझ्ने अवसर पाए।

    यसका साथै एट्रिया इन्स्टिच्युट अफ टेक्नोलोजी, आरभी युनिभर्सिटी, एस-व्यासा युनिभर्सिटी, सिमेडु जस्ता नयाँ र इनोभेटिभ शैक्षिक संस्थाहरूको सहभागिताले प्रदर्शनीलाई अझ विविध र उद्योगमैत्री बनाएको देखिएको छ। एमआईटी वर्ल्ड पिस युनिभर्सिटी (पुणे), पण्डित दीनदयाल इनर्जी युनिभर्सिटी (गुजरात), तथा राजलक्ष्मी इन्जिनियरिङ कलेज (चेन्नई) जस्ता प्राविधिक संस्थाहरू पनि सहभागी छन्, जसले विज्ञान, व्यवस्थापन, टेक्नोलोजी, डिजाइन, स्वास्थ्यशास्त्र, र मानविकी विधाका कार्यक्रमहरू प्रस्तुत गरिरहेका छन्।

    यो एक्स्पो श्रावण २४ गते (अगस्ट ९) सम्म चल्नेछ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने यस कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend