काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातीलाई अधिकार सुरक्षित गर्न समररर नेपाली कांग्रेसकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनुभएकाे छ । कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवसकाे अवसरमा आयाेजना गरेकाे कार्यक्रममा सम्बाेधन गर्दै उहाँले कांग्रेसले नीतिगत तहमा प्रतिनिधित्व सुरक्षित गर्न खेलेकाे भूमिकाकाे चर्चा गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाकाे उपस्थिती विश्व आदिवासी दिवसकाे कार्यक्रममा अर्थपूर्ण रहेका सिंहले बताउनुभयाे ।`शेरबहादुर देउवाले नै पार्टीकाे मेनिफेस्टाेमा लेखेकाे कदमजम ( कर्णाली,दलित, मधेसी,जनजाती, महिला) लाई सरकार हुँदा अगाडी बढाउनुभएकाे हाे ।त्यसैले पनि आज उहाँकाे उपस्थिति अर्थपूर्ण छ,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले भन्नुभयाे,`नीति निर्माणकाे थलाे ( संघ, प्रदेश र स्थानीय तह) मा आदिवासी जनजातीकाे उल्लेखनीय प्रतिनिधित्व भएकाे छ । यसलाई अझै वृद्धि गर्दै लैजानुपर्छ ।´ उहाँले प्राप्त उपलब्धिकाे संरक्षण गर्दै थप अधिकारहरूका लागि अघि बढ्नुपर्नेमा पनि जाेड दिनुभयाे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend