logo

२०८३ साउन १४ बिहिबार

ईक्यान ललितपुरद्वारा थासाङ घरमा पत्रकार सम्मेलन, ‘नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५’ को तयारी घोषणा

ईक्यान ललितपुरद्वारा थासाङ घरमा पत्रकार सम्मेलन, ‘नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५’ को तयारी घोषणा


हाम्रो राष्ट्र
  • आइतबार, ८ भाद्र २०८२
  • 4.9K
    SHARES

    ललितपुर, भदौ ८ – ललितपुरका विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक अवसर आफ्नै शहरमा उपलब्ध गराउने उद्देश्यले ईक्यान ललितपुर (Educational Consultancy Association of Nepal – ECAN Lalitpur) ले आफ्नो फ्ल्यागशिप कार्यक्रम ‘ईक्यान ललितपुर नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५’ को तयारीबारे जानकारी गराउने उद्देश्यले आज ललितपुरको थासाङ घरमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

    अगामी २७ अगस्ट २०२५ (भदौ ११, २०८२) मा होटल हिमालय, कुपण्डोल, ललितपुरमा आयोजना हुने उक्त एक्स्पो “Inspiring Dreams, Guiding Futures — Together” मूल नाराका साथ सञ्चालन हुनेछ। यस कार्यक्रमले विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, अध्ययन अवसरबारे विस्तृत जानकारी लिने तथा आफ्नो भविष्यको योजना बनाउन अद्वितीय अवसर प्रदान गर्नेछ।

    पत्रकार सम्मेलनमा स्वागत मन्तव्य ईक्यान ललितपुरका सचिव श्री सनम महर्जनले दिँदै उक्त एक्स्पोले ललितपुरका विद्यार्थीलाई घरमै विश्वस्तरीय शैक्षिक विकल्प पाउन सहज बनाउने उद्देश्य रहेको बताए। उनले यस किसिमको मेलाले विद्यार्थीलाई सही निर्णय लिन र अभिभावकलाई विश्वासिलो जानकारी प्राप्त गर्न मद्दत गर्नेमा जोड दिए।

    अध्यक्ष श्री अरविन्द कुमार सिंहले एक्स्पोबारे विस्तृत जानकारी दिँदै भने, “यो अवसर नछुटाउनुहोस्। आफ्ना Queries, Doubts and Dreams लिएर आउनुहोस्। हाम्रो टोली र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू तपाईंलाई पूर्ण मार्गदर्शन दिन तयार छन्। शिक्षा जीवनको ठूलो लगानी हो, र अहिलेको सही निर्णयले तपाईंको भविष्य निर्धारण गर्छ। २७ अगस्टमा होटल हिमालयमा भेटौं, र तपाईंको शैक्षिक यात्राको नयाँ अध्याय सुरु गरौं।”

    यस ग्राण्ड शैक्षिक महोत्सवमा अष्ट्रेलिया, न्यूजील्यान्ड, बेलायत, अमेरिका, यूएई, साइप्रस, मलेशिया, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन्। सहभागी संस्थानहरूमा युनिभर्सिटी अफ वैकाटो, युनिभर्सिटी अफ अकल्याण्ड, रोयल रोड्स युनिभर्सिटी, लिभरपुल जोन मुरेस युनिभर्सिटी, वेब्स्टर युनिभर्सिटी, एनएपीएस, एसएएचई, यूक्लान युनिभर्सिटी–साइप्रस, शूलिनी युनिभर्सिटी–भारत साथै नेपालका एआइटीएम कलेज र द वेस्टमिनिस्टर कलेज रहेका छन्। साथै, अष्ट्रेलियाका प्रतिष्ठित कलेज  Queensford CollegeFusion College of Technology पनि यस कार्यक्रममा सहभागी हुनेछन्।

    ईक्यान ललितपुरले सुरु देखिनै पारदर्शिता, नैतिक अभ्यास र भरपर्दो सेवामा विशेष जोड दिएको छ। यसै प्रतिबद्धताको आधारमा यस महोत्सवमार्फत विद्यार्थी र अभिभावकलाई सुरक्षित र सहज वातावरणमा विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्य रहेको अध्यक्ष सिंहले बताए।

    कार्यक्रम भदौ ११ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म कुपण्डोलस्थित होटल हिमालयमा हुनेछ। यस कार्यक्रममा ईक्यान ललितपुरका कार्यसमिति सदस्यहरू, ईक्यान केन्द्रीय समितिका प्रतिनिधिहरू र शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरूको पनि उपस्थिति रहनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend