logo

२०८३ साउन १४ बिहिबार

हब इन्टरनेशनल एजुकेशनको १९औं वार्षिकोत्सव सँगै मल्टी डिस्टिनेसन एजुकेशन फेयर २०२५ सम्पन्न 

हब इन्टरनेशनल एजुकेशनको १९औं वार्षिकोत्सव सँगै मल्टी डिस्टिनेसन एजुकेशन फेयर २०२५ सम्पन्न 


हाम्रो राष्ट्र
  • बुधबार, ११ भाद्र २०८२
  • 1.4K
    SHARES

    काठमाडौं – हब इन्टरनेशनल एजुकेशनले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ग्राण्ड मल्टि-डेस्टिनेसन एजुकेशन फेयर २०२५ शुक्रबार (२०८२ साल भदौ ६ गते) राजधानीको हात्तिसार स्थित मुख्य कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको थियो। फेयरमा २० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रह्यो, जसले विद्यार्थीलाई प्रत्यक्ष रुपमा अन्तर्राष्ट्रिय प्रतिनिधिसँग संवाद गर्ने मौका दिलायो। विद्यार्थीहरूले युके, आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, जर्मनी, फिनल्याण्ड, स्वीडेन, डेनमार्क, भारत र दुबईमा अध्ययनका बारेमा प्रत्यक्ष जानकारी पाए।

     

    हालै +२ उत्तीर्ण गरेका विद्यार्थी र उच्च शिक्षा अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरूले कार्यक्रममा एकल परामर्श सत्र, विश्वविद्यालयको स्थान, पाठ्यक्रम, करिअर अवसर र १००% सम्मको छात्रवृत्ति सम्भावनाबारे विस्तृत जानकारी पाए। यसै अवसरमा, हब इन्टरनेशनलले विशेष वार्षिकोत्सव अफर घोषणा गर्दै IELTS र PTE तयारी कक्षा केवल रु. १००० मा नाम दर्ता गर्न सकिने जानकारी गराएको छ। यो अफर भदौ १५ गतेसम्म मात्र मान्य रहनेछ।

    कार्यक्रमको सफलतापूर्वक सम्पन्नतापछि, हब इन्टरनेशनल एजुकेशनकी CEO सरिता खड्काले सहभागी विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी तथा अभिभावकलाई धन्यवाद दिँदै भनिन्, “१९ वर्षदेखि हामी विद्यार्थीको सपना साकार पार्ने यात्रामा अग्रसर छौं। यो फेयर हाम्रो प्रतिबद्धताको प्रतिविम्ब हो, जसले नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसरसँग जोड्ने लक्ष्य राखेको छ।” झण्डै दुई दशकको अनुभवसहित, हब इन्टरनेशनल एजुकेशनले शैक्षिक परामर्श, भाषा तयारी कक्षा, डकुमेन्टेशन र भिसा सहयोगजस्ता सेवा प्रदान गर्दै नेपाली विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ अघि बढाइरहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend