काठमाडौं: राजधानीको मैतिदेवीमा बिहीबार साहित्यकारहरूले समसामयिक विषयमा कविता वाचनसहित बडादशैं, तिहार, नेपाल सम्बत र छठ पर्वमैतिदेवीमा साहित्यकारद्वारा कविता वाचन र शुभकामना आदानप्रदान
को शुभकामना आदानप्रदान गरेका छन्। वरिष्ठ साहित्यकार तथा ‘बोल्दैन फोटो’ कृतिका लेखक डा. रामप्रसाद दाहालको संयोजनमा आयोजित कार्यक्रममा साहित्यिक विमर्शसँगै पर्वको उल्लास साझा गरिएको थियो।
कार्यक्रममा दायित्व बाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मल पराजुली, लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजय ध्वज थापा, वरिष्ठ समालोचक युवराज मैनाली, वरिष्ठ कवि ठाकुर शर्मा, कवि मुकुन्दराज दाहाल, साहित्यकार डा. नन्दीश अधिकारी र साहित्यकार केशवराज पन्तलगायतले कविता तथा मुक्तक प्रस्तुत गरेका थिए।
वरिष्ठ समालोचक युवराज मैनाली र कवि ठाकुर शर्माले दुर्गा भवानीका विविध रूप र पूजापाठ विधि समेटिएका कविता प्रस्तुत गरे भने कवि मुकुन्दराज दाहालले नेपाली समाजका चाडपर्व र दशैंसँग सम्बन्धित कविता वाचन गरेका थिए। सो अवसरमा कवि निर्मल पराजुलीले मुक्तक वाचन गरेका थिए।
समापनमा संयोजक डा. रामप्रसाद दाहालले देश कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै दुर्गा भवानीले सबैको कल्याण गरून् भन्ने शुभकामना व्यक्त गरे। उनले “अब भाइबहिनी, छोराछोरीले मृत्यु वरण गर्नुपरेको खबर सुनिरहनु नपरोस्” भन्दै मंगलकामना व्यक्त गरेका थिए।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend