logo

२०८३ साउन १५ शुक्रबार

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश गर्न खोज्ने जेन-जी समूहलाई प्रहरीले रोक्यो

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश गर्न खोज्ने जेन-जी समूहलाई प्रहरीले रोक्यो


हाम्रो राष्ट्र
  • मंगलबार, १० मंसिर २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ : प्रधानमन्त्रीलाई भेट्ने उद्देश्यले शुक्रबार बिहान सिंहदरबार छिर्न खोजेको जेन–जी समूहलाई प्रहरीले रोकेको छ। समूहका सदस्यहरू प्रधानमन्त्रीको निजी सचिवालयमा भएको नियुक्ति विवादप्रति आपत्ति जनाउँदै सिंहदरबारतर्फ अघि बढेका थिए।

    उनीहरूले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्तलाई नियुक्ति गरेको आरोप लगाउँदै त्यसको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले स्वस्थ प्रशासनिक अभ्यास र पारदर्शिताको माग गर्दै निर्णय फिर्ता लिन प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्ने इच्छा व्यक्त गरेका थिए।

    तर, सुरक्षा व्यवस्थाका कारण प्रहरीद्वारा उनीहरूलाई प्रवेशद्वारमै रोकिएको हो। रोकिएका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले भीड नियन्त्रणका लागि पछाडि धकेल्येको दृश्य पनि देखिएको थियो। त्यसपछि आन्दोलनकारीहरू बाहिरै उभिएर पत्रकारहरूसमक्ष आफ्ना मागहरू सार्वजनिक रूपमा राखे।

    समूहका प्रतिनिधिहरूले भने,“हामी कसैविरुद्ध व्यक्तिगत रूपमा होइन, व्यवस्थाको स्वच्छता र गैरमुलुकिकरणको पक्षमा आवाज उठाउन आएका हौं। प्रधानमन्त्रीले हामीलाई सुन्नुपर्छ।”

    सिंहदरबार परिसरमा केहीबेर तनाावपूर्ण स्थिति देखिए पनि अन्ततः स्थिति नियन्त्रणमै रहेको सुरक्षा निकायले जनाएको छ।

    प्रधानमन्त्रीको सचिवालयले भने यससम्बन्धी औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend