किड्जी प्रि–स्कूल भैसेपाटी, ललितपुरले शनिवार, २२ नोभेम्बर २०२५ बिहान ८ देखि ९ बजेसम्म वाकाथन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
“खेलौं, हिँडौँ — स्क्रीन होइन” भन्ने नारासहित गरिएको यस कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य बोकेको थियो।
कार्यक्रममा साना नानी–बाबुहरू, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो, जसले सम्पूर्ण वातावरण हर्षोल्लासपूर्ण बनायो।
विद्यालयकी समन्वयक सागरिका भण्डारीले कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै, वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्यसहयोग, शारीरिक सक्रियता वृद्धि तथा स्क्रिन समय कटौती रहेको बताउनुभयो।
उहाँले थप भन्नुभयो,
“बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु हाम्रो पहिलो प्राथमिकता हो। यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन मद्दत गर्दछ।”
त्यसैगरी, शिक्षिका सार मोक्तानले पनि आफ्नो विचार साझा गर्दै वाकाथनले बच्चा र अभिभावकबीचको सम्बन्ध झनै नजिक बनाउने, खेलकुद र बाहिरी गतिविधिप्रति रुचि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो।
कार्यक्रमभर अभिभावकहरू आफ्ना बच्चासँगै हिँडेर उत्साहजनक साथ दिएका थिए। नानी–बाबुहरूको हाँसो, अभिभावकहरूको साथ र विद्यालय समुदायको सहभागिताले कार्यक्रमलाई अझै रोचक र अविस्मरणीय बनायो।
किड्जी प्रि–स्कूल भैसेपाटीले आगामी दिनमा पनि बालबालिकाको समग्र विकासका लागि यस्ता गतिविधि निरन्तर रूपमा आयोजना गर्दै जाने विद्यालयले जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend