logo

२०८३ साउन १५ शुक्रबार

प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउन PEF कार्यक्रम सफलतापूर्वक सम्पन्न

प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउन PEF कार्यक्रम सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, २ पुष २०८२
  • 3.1K
    SHARES

    वीरेन्द्रनगर, सुर्खेत: कर्णाली प्रदेश सरकार र अन्तर्राष्ट्रिय संस्थाको साझेदारी तथा बेलायती दूतावासको सहयोगमा सञ्चालन गरिएको प्रादेशिक संलग्नता सुविधा (पीईएफ) कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि  आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले पीईएफ कार्यक्रमले कर्णाली प्रदेशमा प्रदेश तथा स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

    उनले प्रदेश सरकार र स्थानीय तहबीचको समन्वय मजबुत बनाउने, समावेशी नेतृत्व प्रवर्द्धन गर्ने तथा सुशासनका अभ्यासलाई संस्थागत गर्ने अन्तर्राष्ट्रिय विचार र एफसीडीओले खेलेको भूमिकाको प्रशंसा गरे।

    साथै मन्त्री शाहले कार्यक्रममा प्राप्त सिकाइलाई आगामी दिनमा कसरी दीगो र संस्थागत रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर चासो व्यक्त गर्दै, ती अनुभवहरूलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे।

    विशेष अतिथि काठमाडौंस्थित बेलायती दूतावासका सामाजिक विकास प्रमुखले कार्यक्रमका प्रमुख उपलब्धि र आगामी कार्यदिशाबारे धारणा राखे।

    कार्यक्रममा सहभागीहरूले पीईएफले कर्णाली प्रदेशमा नीति निर्माण, संस्थागत समन्वय तथा समावेशी शासन प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे।

    कार्यक्रममा विषयगत मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, प्रदेश योजना आयोगका पदाधिकारीहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend