logo

२०८३ साउन १४ बिहिबार

जेन–जी युवालाई अमरसिंह पुनको अपीलः “जेन–जीको मर्म बुझ्ने पार्टी कांग्रेस”

जेन–जी युवालाई अमरसिंह पुनको अपीलः “जेन–जीको मर्म बुझ्ने पार्टी कांग्रेस”


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ माघ २०८२
  • 1.8K
    SHARES

    नेपालगञ्ज:  नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जेन–जी (Gen-Z) युवाको सपना र आकांक्षा पूरा गर्न सक्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले जेन–जी युवाका वास्तविक मुद्दा र मागलाई कांग्रेसले सम्बोधन गर्ने दाबी गरे।

    उनले जेन–जी पुस्ताले उठाएका विषय र आन्दोलनको मर्मलाई कांग्रेसले आत्मसात गरेको उल्लेख गर्दै युवाहरूलाई समग्र पार्टीको दृष्टिकोण हेरेर निर्णय लिन आग्रह गरे। पुनले भने, “युवा साथीहरूलाई मेरो आग्रह छ—समग्र पार्टी हेर्नुहोस्। तपाईंहरूले उठाएका मुद्दाको फाइदा अरूले लिन खोजिरहेका छन्। जसले युवाको सपना देखेकै छैन, देश निर्माणको स्पष्ट योजना पनि छैन, त्यस्ता शक्तिले जेन–जी आन्दोलनको लाभ उठाउन खोजिरहेका छन्। गलत ठाउँमा विश्वास गर्दा नतिजा पनि गलत नै हुन्छ।”

    पुनका अनुसार सबै जाति, धर्म, वर्ग र समुदायलाई समेट्न सक्ने क्षमता कांग्रेससँग मात्रै छ। उनले भने, “कांग्रेसले सबै धर्म, जाति र वर्गका व्यक्तिलाई नेतृत्वमा पुर्‍याएको छ। देशलाई बलियो बनाउन र समावेशी वातावरण निर्माण गर्न कांग्रेस आवश्यक छ।”

    बाँके क्षेत्र नम्बर ३ का युवाहरूलाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सहयोग गर्न उनले अपील गरे। “कांग्रेस समाजका वास्तविक समस्यालाई सम्बोधन गर्न सक्ने पार्टी हो, त्यसैले आगामी निर्वाचनमा कांग्रेसलाई जित दिलाउन आवश्यक छ,” पुनले भने।

    जेन–जी युवाले देशमा सुशासन, अनियमितता नियन्त्रण र समृद्धिका लागि उठाएको आवाजलाई सम्मान गर्दै कांग्रेस नयाँ नीति र युवा नेतृत्वमार्फत अगाडि बढिरहेको उनको भनाइ छ। पुनले जेन–जी पुस्तासँग खुला संवाद गर्दै देश विकासका लागि नयाँ कार्यदिशा तय गर्ने प्रतिबद्धता पनि जनाए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend