logo

२०८३ साउन १३ बुधबार

मखमली जुत्ता–चप्पल र थैली बनाउने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

मखमली जुत्ता–चप्पल र थैली बनाउने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण


हाम्रो राष्ट्र
  • बुधबार, ६ फाल्गुन २०८२
  • 3.6K
    SHARES

    काठमाडौं: “सीप सिकौँ, उद्यमी बनौँ” भन्ने नारासहित सञ्चालन गरिएको मखमली जुत्ता–चप्पल र थैली बनाउने तालिम कार्यक्रम सर्वहित सामाजिक सेवा संस्था र काठमाडौं महानगरपालिका वडा नं. २९ को संयुक्त आयोजनामा सम्पन्न भएको छ। केही दिनदेखि सञ्चालन गरिएको उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    कार्यक्रममा संस्थाकी का बा अध्यक्ष निरा शर्मा रेग्मीले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। अतिथि चन्द्रा रेग्मी (उपाध्यक्ष) तथा कोषाध्यक्षले पनि तालिमको महत्वबारे आफ्ना भनाइ राख्नुभएको थियो।

    प्रशिक्षक बिरु माया राईले सहभागीहरूको सिकाइप्रतिको लगनशीलता, हातको सफाइ र कामप्रतिको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै सिकेको सीपलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सुझाव दिनुभयो।

    प्रमुख अतिथि जनप्रतिनिधि रेनु श्रेष्ठले सीपलाई उत्पादन र आम्दानीसँग जोड्न स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त बिशेस अतिथिका रूपमा वडा सदस्य संगिता पुजारी, संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। अतिथि सञ्चारकर्मी रोजी पराजुलीले उत्पादनको बजारीकरण र ब्रान्डिङमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    तालिममा करिब ३५ सहभागीले सीप हासिल गरेका छन्। उनीहरूले उत्पादन बढाएर बजारसम्म पहुँच विस्तार गर्न संस्था तथा जनप्रतिनिधिसँग सहयोगको आग्रह गरेका छन्।

    कार्यक्रममा आयोजक तथा प्रशिक्षार्थी टोलीप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै संस्थाकी संयोजक निर्मला सुवेदी मिश्रले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend