logo

२०८३ साउन १५ शुक्रबार

प्रश्न–उत्तर कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसको आह्वान

प्रश्न–उत्तर कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसको आह्वान


हाम्रो राष्ट्र
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले “प्रतिज्ञा लिएर आएको छ, तपाईं प्रश्न लिएर आउनुहोस्” भन्ने सन्देशसहित खुला प्रश्न–उत्तर कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टी सभापति गगन कुमार थापाले सर्वसाधारणका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिनुहुने जनाइएको छ।

    पार्टीका अनुसार राजनीतिक दलहरू जवाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने नभई सामना गर्न सक्नुपर्ने मान्यताअनुसार कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रममार्फत नागरिकका जिज्ञासा, सुझाव तथा प्रश्नहरूलाई प्रत्यक्ष रूपमा सुन्ने र स्पष्ट धारणा राख्ने उद्देश्य राखिएको बताइएको छ।

    उक्त कार्यक्रम २०८२ साल फागुन ७ गते दिउँसो १ बजे राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना हुनेछ। कार्यक्रममा सर्वसाधारणलाई आफ्ना प्रश्नसहित उपस्थित हुन आग्रह गरिएको छ।

    काठमाडौं उपत्यका वा नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले https://askgagan.com मार्फत अथवा gaganthapasecretariat@gmail.com इमेल ठेगानामा आफ्ना प्रश्नहरू पठाउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ।

    नेपाली कांग्रेसले खुला संवाद र जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend