काठमाडौं। निर्वाचन आयोग, नेपाल ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदानको दिन सवारी साधन सञ्चालनसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्दै प्रेस पास भएका पत्रकारलाई अन्य सिफारिस लिन नपर्ने व्यवस्था गरिएको जनाएको छ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा तथा तोकिएका प्रयोजनका सवारी साधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। सोही सन्दर्भमा प्रेस पास भएका सञ्चारकर्मीले थप सिफारिस वा पास लिनु नपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी, खानेपानी, दूध, तरकारी, सुरक्षा निकाय, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सेवासँग सम्बन्धित सवारी साधनलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई सञ्चालन अनुमति दिइने व्यवस्था रहेको जनाइएको छ।
यस निर्णयलाई प्रेस स्वतन्त्रताको संरक्षण तथा सञ्चारकर्मीलाई कार्यसम्पादनमा सहजता प्रदान गर्ने कदमका रूपमा हेरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend