काठमाडौं: काठमाडौं महानगरपालिका वडा नं. २९ कार्यालय र महिला सरोकार केन्द्रको सहकार्यमा आयोजित “एरियल पाउडर बनाउने तालिम” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रेनु श्रेष्ठ, विशेष अतिथि सङ्गीता पुजारी तथा अतिथि निर्मला सुबेदी मिश्रको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेनु श्रेष्ठले महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमहरू समाजका लागि अत्यन्त सकारात्मक कदम भएको बताउनुभयो। उहाँले सीप सिकेर आत्मविश्वास बढ्नुका साथै आफ्नै सानो व्यवसाय सुरु गर्ने प्रेरणा यस्ता तालिमबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, अतिथि निर्मला सुबेदी मिश्रले महिलाहरूलाई प्रोत्साहन गर्दै यस्ता कार्यक्रमलाई अगाडि बढाउन आफूले सधैं सहयोग र साथ रहने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष कुमारी जमुना घिमिरेले सीप सिकेर रोजगारीको बाटो खुल्ने बताउँदै सहभागीहरूले उत्साहका साथ अन्त्यसम्म ध्यानपूर्वक तालिम लिएको जानकारी दिनुभयो।
कार्यक्रममा प्रशिक्षक तथा संस्थाकी सदस्य सरिता गौतमले कार्ञ्नकार्यक्रम गर्नुभएको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend