काठमाडौँ — रोजेट्टा एजुकेसन इन्टरनेशनलमा आज चैत्र १३ गते “बेलायत अध्ययन: विशेषज्ञसँग भेटघाट” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ११:३० बजेदेखि १२:३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा बेलायत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई महत्वपूर्ण जानकारी तथा मार्गनिर्देशन प्रदान गरिएको थियो।
कार्यक्रममा रोजेट्टा एजुकेसन इन्टरनेशनलकी विश्वविद्यालय भर्ना तथा साझेदारीसम्बन्धी वरिष्ठ उपाध्यक्ष सुश्री एश्लेइघ भेरेस ले विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा भविष्यका सम्भावनाहरूका विषयमा विस्तृत जानकारी दिइन्। उहाँले सही निर्णय लिन तथ्यमा आधारित योजना आवश्यक रहेकोमा जोड दिनुभयो।
यसैगरी, मालभर्न इन्टरनेशनलका नेपाल, बङ्गलादेश र भुटानका लागि वरिष्ठ क्षेत्रीय प्रबन्धक श्री सुनील रेग्मी ले बेलायतको शिक्षा प्रणालीमा भइरहेको परिवर्तन, विश्वसनीय शैक्षिक संस्थाको छनोट तथा अन्तर्राष्ट्रिय अनुभवको महत्वबारे आफ्नो धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना जिज्ञासा प्रत्यक्ष रूपमा राख्ने अवसर पाएका थिए। सहभागीहरूले यस कार्यक्रमले आफूहरूलाई अध्ययनसम्बन्धी निर्णय लिन स्पष्टता प्रदान गरेको बताएका छन्।
आयोजक संस्थाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सूचित र उचित निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend