logo

२०८३ मंसिर ५ शुक्रबार

नेपाली विद्यार्थीलाई भारतमा उच्च शिक्षाको अवसरबारे संयुक्त शैक्षिक परामर्श

नेपाली विद्यार्थीलाई भारतमा उच्च शिक्षाको अवसरबारे संयुक्त शैक्षिक परामर्श


हाम्रो राष्ट्र
  • बुधबार, ३ मंसिर २०८३
  • 377
    SHARES

    चिकित्सा, नर्सिङ तथा एलाइड हेल्थ साइन्समा उच्च शिक्षाका अवसर

    काठमाडौं। नेपाली विद्यार्थीलाई भारतमा उच्च शिक्षा, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय करियरका अवसरबारे जानकारी गराउने उद्देश्यले इन्डो ग्लोबल फाउन्डेसन र भारतको बेंगलुरुस्थित इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्स (EPGI) ले संयुक्त शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गरेका छन्।

    कार्यक्रममा नेपालका लागि इन्डो ग्लोबल फाउन्डेसनका प्रतिनिधि सुदन चौहान र इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सका निर्देशक (भर्ना तथा प्रवर्द्धन) विजय रञ्जनले विद्यार्थी तथा अभिभावकलाई भारतमा उपलब्ध शैक्षिक अवसरबारे जानकारी गराइरहेका छन्।

    सन् १९९७ मा स्थापना भएको इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सले बेंगलुरुको करिब १०० एकड क्षेत्रफलमा फैलिएको ज्ञानप्रभा क्याम्पसबाट चिकित्सा, नर्सिङ, एलाइड हेल्थ साइन्स, इन्जिनियरिङ, फार्मेसी, फिजियोथेरापी तथा व्यवस्थापनलगायतका विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    संस्थाअन्तर्गत बीएस्सी नर्सिङ, जीएनएम, बीटेक, बीबीए, एमबीए तथा विभिन्न स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम उपलब्ध छन्। क्याम्पसमा रहेको बहुविशेषज्ञता शिक्षण अस्पतालमार्फत विद्यार्थीलाई व्यावहारिक तथा क्लिनिकल अभ्यासको अवसरसमेत प्रदान गरिने जनाइएको छ।

    नेपालमा संस्थाको सुरुवातदेखि नै प्रतिनिधित्व गर्दै आएका सुदन चौहानले विद्यार्थीलाई विषय छनोट, भर्ना प्रक्रिया, एनओसी, शुल्क तथा छात्रवृत्तिबारे पारदर्शी परामर्श प्रदान गरिँदै आएको बताए।

    आगामी शैक्षिक सत्रका लागि भर्ना खुला भएसँगै काठमाडौंको पुतलीसडकस्थित इन्डो ग्लोबल फाउन्डेसनको कार्यालयमा विद्यार्थी तथा अभिभावकका लागि व्यक्तिगत शैक्षिक परामर्श सञ्चालन भइरहेको छ। इच्छुक विद्यार्थीले उपलब्ध शैक्षिक कार्यक्रम, छात्रवृत्ति तथा भर्ना प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend