logo

२०८३ मंसिर ५ शुक्रबार

देशका चार सहरमा ‘ICCC सँग पढाइको कुरा २०२६’ हुँदै, निःशुल्क प्रोसेसिङसँगै छात्रवृत्ति र पीआरबारे प्रत्यक्ष परामर्श

देशका चार सहरमा ‘ICCC सँग पढाइको कुरा २०२६’ हुँदै, निःशुल्क प्रोसेसिङसँगै छात्रवृत्ति र पीआरबारे प्रत्यक्ष परामर्श


हाम्रो राष्ट्र
  • मंगलबार, २ मंसिर २०८३
  • 728
    SHARES

    काठमाडौँ । इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) ले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष शैक्षिक परामर्श तथा विश्वविद्यालय प्रतिनिधि भेटघाट कार्यक्रम ‘ICCC सँग पढाइको कुरा २०२६’ आयोजना गर्ने भएको छ।

    विशेषगरी क्यानडा, बेलायत (UK) र न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको अन्योल हटाउन र प्रत्यक्ष मार्गनिर्देशन प्रदान गर्न यो कार्यक्रम देशका विभिन्न चार स्थानमा सञ्चालन हुन लागेको हो।

    कार्यक्रममा क्यानडाबाट आउनुभएका ICCC का प्रबन्ध निर्देशक (Managing Director) एवं वरिष्ठ विद्यार्थी परामर्शदाता राम खड्का (Ram Khadka), ICCC का अनुभवी परामर्शदाताहरू तथा क्यानडा, बेलायत र न्युजिल्यान्डका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति रहनेछ।

    प्रबन्ध निर्देशक खड्काले प्लस टु (+2), स्नातक (Bachelor’s) र स्नातकोत्तर (Master’s) तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई आफूसँग र सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर आफ्ना जिज्ञासाहरू राख्न आग्रह गर्नुभएको छ। विद्यार्थीहरूले एउटै छानामुनि अध्ययन विकल्प, छात्रवृत्ति, भर्ना प्रक्रिया, पोस्ट-ग्य्राजुएट वर्क परमिट (PGWP) तथा स्थायी बसोबास (PR) का अवसरहरूबारे आधिकारिक जानकारी लिन सक्नेछन्।

    कार्यक्रमका मुख्य आकर्षणहरू:

    • प्रत्यक्ष परामर्श: प्रबन्ध निर्देशक राम खड्का, वरिष्ठ परामर्शदाता र विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूसँग आमनेसामने (One-on-One) छलफल।
    • निःशुल्क प्रोसेसिङ: योग्य विद्यार्थीहरूका लागि निःशुल्क आवेदन प्रक्रिया (Free Processing) को सुविधा।
    • छात्रवृत्ति र भर्ना जानकारी: विभिन्न कलेज तथा विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति र भर्ना मापदण्डबारे विस्तृत मार्गनिर्देशन।
    • आकर्षक उपहार: निःशुल्क प्रवेशसँगै सहभागी विद्यार्थीहरूका लागि आकर्षक गिफ्ट ह्याम्पर (Gift Hampers) को व्यवस्था।

    कार्यक्रम तालिका तथा स्थान (समय: बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म):

    • मङ्सिर ६ गते (22 Nov): पुतलीसडक, काठमाडौँ
    • मङ्सिर १० गते (26 Nov): बुटवल
    • मङ्सिर १३ गते (29 Nov): पोखरा
    • मङ्सिर १७ गते (3 Dec): नयाँ बानेश्वर, काठमाडौँ

    सीमित सिट मात्र उपलब्ध रहेको यस कार्यक्रममा निःशुल्क प्रवेशका लागि इच्छुक विद्यार्थीहरूले ICCC को आधिकारिक वेबसाइट icccedu.com/iccc-events-2026/ मा गई आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।

    Message from Ram Khadka , MD – ICCC Nepal 

    When and Where

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend