logo

२०८३ साउन १४ बिहिबार

कविता सङ्ग्रह “महाप्रस्थान” लोकार्पण, साहित्यकारहरू सम्मानित

कविता सङ्ग्रह “महाप्रस्थान” लोकार्पण, साहित्यकारहरू सम्मानित


हाम्रो राष्ट्र
  • शनिबार, २ जेष्ठ २०८३
  • 1.1K
    SHARES

    काठमाडौं । अमेरिका स्थित अनेसास कोलोराडो च्याप्टरका सल्लाहकार तथा कवि रमेश गुरुङको कविता सङ्ग्रह “महाप्रस्थान” एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।

    अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. रामप्रसाद भट्टराई, राधेश्याम लेकाली, गीता खत्री, डा. रामप्रसाद दाहाल, डा. खगेन्द्र लुइँटेल लगायतका साहित्यकारहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

    कार्यक्रममा लोकार्पित कृतिमाथि डा. नवराज लम्साल र खेमप्रसाद पोखरेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । साथै वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल, डा. खगेन्द्र प्रसाद लुइँटेल, निर्मल पराजुली, मञ्जिला अनिल, सुशीला खड्का, हसिना लगायतले कृतिका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

    सो अवसरमा विभिन्न साहित्यकारहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा साहित्यिक तथा सिर्जनात्मक गतिविधिको महत्वबारे चर्चा गर्दै सहभागीहरूले नेपाली साहित्यको प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend