logo

२०८३ साउन १३ बुधबार

वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल सम्मानित, ‘मुक्तिनाथ दर्शन’को नयाँ अङ्क लोकार्पण

वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल सम्मानित, ‘मुक्तिनाथ दर्शन’को नयाँ अङ्क लोकार्पण


हाम्रो राष्ट्र
  • शनिबार, १३ असार २०८३
  • 1.1K
    SHARES

    काठमाडौं; मुक्तिनाथ दर्शन साहित्य समाज, नव पुस्तकालय, मुक्तिनाथ पत्रिका, ज्येष्ठ नागरिक समाज तथा मानव पुस्तकालयको संयुक्त आयोजनामा आयोजित मानव पुस्तकालयको ४९औँ शृङ्खलामा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहाललाई साहित्य क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको छ। सो अवसरमा ‘मुक्तिनाथ दर्शन’ पत्रिकाको नयाँ अङ्क पनि लोकार्पण गरिएको थियो।
    सम्मान तथा लोकार्पण समारोहमा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, वरिष्ठ चिकित्सक डा. अर्जुनदेव भट्ट, नियात्राकार विष्णु पन्त, आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल, मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष तथा वरिष्ठ कवि कलानिधि दाहाललगायतले साहित्यका विविध पक्ष र समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो।
    कार्यक्रममा वरिष्ठ कविहरू कृष्ण बाउसे, कृष्णप्रसाद भट्टराई, मुकुन्दराज दाहाल, रामचन्द्र काफ्ले, प्रार्थना खनाल, सम्झना दाहाललगायत एक दर्जनभन्दा बढी कविहरूले कविता वाचन गरेका थिए।
    सम्मान ग्रहणपछि साहित्यकार तथा गीतकार प्रा. डा. रामप्रसाद दाहालले प्राप्त सम्मानले आफूलाई अझ बढी क्रियाशील भई साहित्य सिर्जनामा समर्पित हुन प्रेरणा मिलेको बताउनुभयो।
    कार्यक्रममा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले विभिन्न देउडा तथा लोकगीत प्रस्तुत गर्दै कर्णाली र सुदूरपश्चिमको समृद्ध संस्कृति झल्काउनुभएको थियो। उहाँले आफ्नो चर्चित लोकगीत ‘झ्याम झ्याम’ प्रस्तुत गर्दा उपस्थित सम्पूर्ण दर्शक तथा श्रोताहरू मन्त्रमुग्ध बनेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend