logo

२०८३ साउन १५ शुक्रबार

भव्य रूपमा मनाइयो २१२औँ भानु जयन्ती, साहित्यकारहरूको उल्लेखनीय सहभागिता

भव्य रूपमा मनाइयो २१२औँ भानु जयन्ती, साहित्यकारहरूको उल्लेखनीय सहभागिता


हाम्रो राष्ट्र
  • आइतबार, २८ असार २०८३
  • 975
    SHARES

    काठमाडौं: मोडर्न कन्या मल्टिपल कलेजको प्राङ्गणमा २१२औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

    साहित्यकार रामप्रसाद दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री निलाम्बर आचार्य प्रमुख आमन्त्रित अतिथि रहनुभएको थियो। कार्यक्रममा कवि शैलेन्द्र साकार, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, समालोचक ठाकुर शर्मा भण्डारी, युवराज मैनाली, आख्यानकार विजयध्वज थापा, नियात्राकार रामप्रसाद पन्त, कवि निर्मलरमण पराजुलीलगायत साहित्यिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सविन पोखरेलले गर्नुभएको थियो।

    अतिथिहरूलाई गङ्गा केसी र प्रकृति दाहालले खादा ओढाई स्वागत गर्नुभएको थियो। आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पणसँगै कविता वाचन, शुभकामना मन्तव्य तथा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी र साहित्यकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

     

    कार्यक्रममा अञ्जन ढुङ्गेल, राधा कार्की, हरिभक्त सिग्देल, ठाकुर शर्मा, विजयध्वज थापा, निर्मलरमण पराजुली, कल्पना बुढाथोकी, गङ्गा केसी, फिस्टुला बस्नेत, प्रकृति दाहाल, पूजा लाकिछाने, सङ्किता राई, भावना दाहाल, अस्मिता खड्का, गङ्गा बस्नेत, ओमकुमारी भण्डारी, कृष्णप्रसाद भट्टराई, सुभाष पाण्डे, शैलेन्द्र साकार र रामप्रसाद पन्तलाई सम्मान गरिएको थियो।

    भानु जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend