logo

२०८३ साउन १५ शुक्रबार

बागमती सरकारबाट बाहिरियो एमाले

बागमती सरकारबाट बाहिरियो एमाले


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.1K
    SHARES

    हेटौंडा । वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् ।

    एमालेका मन्त्रीहरुले शुक्रबार नै प्रदेशसभा बैठकपछि मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने सदनबाटै जानकारी गराएका छन् । जम्कट्टेलले आजै सदनबाट विश्वासको मत लिँदैछन् ।

    प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छि विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend