काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्लाकी भन्ने डर रहेको बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महामन्त्री थापाले मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन् ।
उनले भने, ‘पटकपटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्कोपटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने जस्तो डर बालबालिकालाई परीक्षाका बेला गराइनुहुन्नँ, हाँस्दै, खेल्दै, रमाउँदै सिक्ने शैक्षिक वातावरण निर्माण गर्न सबै लाग्नुपर्छ।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend