logo

२०८३ साउन १४ बिहिबार

सात दिनभित्र नदी किनारका अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

सात दिनभित्र नदी किनारका अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

    महानगरले शनिबार सूचना प्रकाशन गरी नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो ।

    महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend