logo

२०८३ साउन १४ बिहिबार

संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा माओवादीले सत्तारुढ दलहरुसँग छलफल गर्ने

संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा माओवादीले सत्तारुढ दलहरुसँग छलफल गर्ने


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

    शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गरी सरकारका कामहरुलाई तीव्रता दिने निर्णय गरेको हो ।

    बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

    बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend