logo

२०८३ साउन १४ बिहिबार

उपचुनाव लड्न मैले मानसिकता बनाइसकेको छैनः अध्यक्ष यादव

उपचुनाव लड्न मैले मानसिकता बनाइसकेको छैनः अध्यक्ष यादव


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 975
    SHARES

    धनगढी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा उपनिर्वाचन लड्ने मनसाय देखाएका छन् ।

    धनगढीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताए । तर त्यसबारे आफूले निर्णय गरिनसकेको उनले बताए ।

    यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए। उनले भने, ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ। पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन। मैले पनि माइन्ड मेकअप गरिसकेको छैन।’

    उनले पार्टी एकताका लागि नेकपा (एकीकृत समाजवादी)सँग छलफल सुरु गरेको बताए । उनले भने, ‘नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल पनि भएको छ। धेरै कुराहरु मिलेका छन्। तर मूल कुरा, जसपा समाजवादी पार्टी हो। समाजवादी लोकतन्त्रको अवधारणमा अगाडि बढेको छ। कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन। उहाँहरुको नेकपा एकीकृत समाजवादी छ। नेकपा छोडेर समाजवादी बनौ भनेका छौँ। त्यो कुरामा सहमति भएको छैन।’

    पार्टी एकता नभएपनि तालमेल जारी रहेको उनले बताए। मुलुकको विकास र समृद्धिका लागि पाटीहरुबीच जसपाले तालमेल गर्दै आएको उनको दाबी छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend